ट्रम्पले भने – रुससँगको युद्ध समाप्त हुनु युक्रेनका लागि राम्रो हुनेछ

नेपालभ्युज

ट्रम्पले भने – रुससँगको युद्ध समाप्त हुनु युक्रेनका लागि राम्रो हुनेछ

काठमाडौं । डोनाल्ड ट्रम्पले राष्ट्रपति बनेको पहिलो दिनमै रुस–युक्रेन युद्ध रोक्ने आफ्नो पुरानो दाबीप्रति प्रतिक्रिया दिएका छन् ।

राष्ट्रपति कार्यालयमा पत्रकारहरूले ट्रम्पलाई यस विषयमा प्रश्न गर्दा उनले भने, ‘आधा दिन मात्रै बितिसकेको छ । मसँग अझै आधा दिन बाँकी छ । के हुन्छ हेर्नेछौँ ।’

ट्रम्पले पत्रकारहरूलाई भने, ‘मैले बुझेको छु कि युक्रेनी राष्ट्रपति जेलेन्स्की युद्ध अन्त्य गर्न रुससँग सम्झौता गर्न चाहन्छन् ।’

‘अधिकांश मानिसहरूले रुस-युक्रेन युद्ध एक हप्तामा समाप्त हुनेछ भन्ने सोचेका थिए । मलाई लाग्छ कि यो युद्ध समाप्त हुनु जेलेन्स्कीको लागि धेरै राम्रो हुनेछ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved