एनकेएलमा विराटनगरको लगातार दोस्रो जित

नेपालभ्युज

एनकेएलमा विराटनगरको लगातार दोस्रो जित

काठमाडौं । विराटनगर ब्यान्डिट्सले आइतबार काठमाडौं माभरिक्सलाई रोमान्चक खेलमा ४४–४३ ले पराजित गर्दै नेपाल कबड्डी लिग (एनकेएल) मा लगातार दोस्रो जित हात पारेको छ ।

त्रिपुरेश्वरविस्थत कभर्ड हलमा भएको खेलको पहिलो हाफमा काठमाडौंको प्रदर्शन गतिलो भएन । उसलाई दुईपल्ट अलआउट गर्दै विराटनगर २२–४ ले अगाडि बढेको थियो । त्यसपछि कप्तान घनश्याम रोका मगरले उत्कृष्ट प्रदर्शन गर्दै काठमाडौंलाई लगातार अंक दिलाए र खेल १४–२२ को स्थितिमा पुर्‍याए । उनकै प्रदर्शनमा विराटनगरलाई अलआउट गर्दै दूरी छोट्याएको थियो ।

दोस्रो हाफमा काठमाडौंले उत्कृष्ट प्रदर्शन गर्‍यो । अन्त्यतिर घनश्यामले दुई खेलाडीलाई आउट गर्दै स्कोर ४१–४१ बनाए । तर, अन्तिम क्षणमा विराटनगरले निर्णायक अग्रता लियो र लगातार दोस्रो जित हासिल गर्‍यो । विराटनगरले पहिलो खेलमा धनगढी वाइल्डक्याट्सलाई पराजित गरेको थियो । सुरुआती खेलमा काठमाडौंले पोखरा लेकर्सलाई हराएको थियो ।

दिनको दोस्रो खेलमा हिमालयन रेइडर्सले पोखरा लेकर्सलाई ३४–३० ले हराएर एनकेएलमा पहिलो जित हासिल गर्‍यो । बुटवलको हिमालयनले पहिलो खेलमा विराटनगरविरुद्ध हार बेहोरेको थियो भने पोखराले लगातार दोस्रो हार बेहोरेको हो ।

उक्त खेल विराटनगरले रोमान्चक रुपमा ४४–४३ ले जित्यो । अर्को खेलमा हिमालयन रेइडर्सले पोखरा लेकर्सलाई ३४–३० ले हरायो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved