गाजा युद्धविराम : हमासले जारी गर्‍यो रिहा हुने तीन बन्धकको नाम

नेपालभ्युज

गाजा युद्धविराम : हमासले जारी गर्‍यो रिहा हुने तीन बन्धकको नाम
तस्वीर - बायाँबाट एमिली डमारी र डोरोन स्टेनब्रेचर

काठमाडौं । इजरायल र हमासबीचको गाजामा युद्धविराम र बन्धकहरूलाई रिहा गर्ने सम्झौतापछि हमासले आइतबार तीन महिला बन्धकको नाम सार्वजनिक गरेको छ ।

टेलिग्राममा एक पोस्ट गर्दै हमासले तीन महिला बन्धकको नाम जारी गरेको हो ।

रिहा हुनेमा २४ वर्षीय रोमी गोनेन, २८ वर्षीया एमिली डमारी र ३१ वर्षीय डोरोन स्टेनब्रेचर छन् ।

२४ वर्षीया गोनेन सुपरनोभा फेस्टिवलबाट भाग्न खोज्दा हमलामा परेको थिइन् ।

२८ वर्षीया एमिली दमारी ब्रिटिश-इजरायली नागरिक हुन् । उनलाई किबुत्ज कफार अजा क्षेत्रमा बन्धक बनाइएको थियो ।

त्यस्तै, ३१ वर्षीया डोरोन स्टाइनब्रेचर पशुचिकित्सक नर्स हुन् । किबुत्ज कफार अजामा आफ्नो अपार्टमेन्टमा हुँदा हमासले आक्रमण गर्दा बन्धक बनाइएकी थिइन् ।

यसअघि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले बन्धकहरूलाई रिहा गर्ने नाम नदिएसम्म गाजामा युद्धविराम लम्बिने बताएका थिए ।

युद्धविराम सम्झौता अनुसार आदानप्रदान हुनुभन्दा कम्तिमा २४ घन्टा अगावै रिलिज हुनेहरुको नाम खुलाउनुपर्ने हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved