आज पनि देशभरको मौसम पूर्ण रुपमा नखुल्ने

आइतबार देशभरको मौसम पूर्ण रुपमा नखुल्ने मौसमविद्ले बताएका छन्।

नेपालभ्युज

आज पनि देशभरको मौसम पूर्ण रुपमा नखुल्ने

काठमाडौं। आइतबार देशभरको मौसम पूर्ण रुपमा नखुल्ने मौसमविद्ले बताएका छन्। पश्चिमी वायुको प्रभावले आइतबार दिउँसो पनि ४ वटा प्रदेशमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने जनाइएको छ। यस्तै राति प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरूमा आंशिक बदली रहनेछ।

देशको उच्च पहाडी भूभागका एक दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको उनले जानकारी दिइन्। पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले अहिले पनि पहाडी भूभागमा आंशिक बदली रही देशका तराईका भू–भागमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार सोमबार दिउँसो प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भएर बाँकी भूभागहरूमा आंशिक बदली रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

सोमबार राति देशको पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved