काठमाडौं । महिला प्रधानमन्त्री कपमा एपीएफले लगातार दोस्रो जित हासिल गरेको छ ।
धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा बुधबार एपीएफले गण्डकीलाई ८ विकेटले पराजित गरेको हो । यसअघि कर्णाली प्रदेशलाई एपीएफले १११ रनले हराएको थियो ।
गण्डकीले दिएको ७१ रनको सामान्य लक्ष्य एपीएफले ९.३ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो ।
एपीएफका लागि कप्तान इन्दु बर्माले अविजित २६ रन बनाइन् । ममता चौधरीले १८, रोमा थापाले १४, राजमती ऐरीले ८ रन बनाइन् ।
यसअघि गण्डकीले १५ ओभर खेलेर ४ विकेटको क्षतिमा ७० रन बनाएको थियो ।
गण्डकीका लागि कप्तान सृजना पौडेलले २५ र श्रेया साहीले १३ रन बनाइन् । रेखा तामाङले १७ र निरुता जीटीले ५ रन जोडिन् ।
एपीएफका लागि करुणा भण्डारी र बिनु बुढाले एक/एक विकेट लिइन् ।
खराब मौसमका कारण खेल निर्धारित समयभन्दा ढिला सुरु भएको थियो ।
Facebook Comment
Comment