मधेसकेन्द्रित पार्टीको कार्यदलको पहिलो बैठक : मोर्चा बनाउने कार्यलाई तीव्रता

नेपालभ्युज

मधेसकेन्द्रित पार्टीको कार्यदलको पहिलो बैठक : मोर्चा बनाउने कार्यलाई तीव्रता

काठमाडौं । मधेसकेन्द्रित राजनीतिक दलहरूले मोर्चा बनाउन गठन गरिएको कार्यदलको पहिलो बैठक बसेको छ ।

मङ्गलबार धुम्बाराहीमा बसेको बैठकले मोर्चा बनाउने कार्यलाई तीव्रता दिएको कार्यदलका एक सदस्यले जानकारी दिए ।

नेपाली काङ्ग्रेस र नेकपा एमालेले निर्वाचनमा थ्रेसहोल्ड बढाउने तयारी गरिरहेको बेला त्यसविरुद्ध एकजुट हुन मधेसकेन्द्रित दलले कार्यदल गठन गरेका हुन् । उनीहरु संयुक्त मोर्चा बनाएर विरोध गर्ने तयारीमा छन् ।

कार्यदलमा जसपाबाट रेणु यादव, इस्तियाक राई, जसपा नेपालबाट राजकिशोर यादव, लोसपाबाट जितेन्द्र सोनल, सुरेन्द्र झा, जनमत पार्टीबाट अब्दुल खान र शरद यादव, जनप्रगतिशीलबाट शिवजी यादव, राष्ट्रिय मुक्ति पार्टीबाट केशव झा र तमलोपाबाट वृषेशचन्द लाल छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved