नेपालमा पहिलो पटक महिला टी-२० त्रिकोणात्मक सिरिज हुने

नेपालभ्युज

नेपालमा पहिलो पटक महिला टी-२० त्रिकोणात्मक सिरिज  हुने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले विभिन्न देशका क्रिकेट टोलीलाई आमन्त्रण गरी क्रिकेट सिरिजहरू आयोजना गर्ने नीतिअन्तर्गत महिला टी २० अन्तर्राष्ट्रिय त्रिकोणात्मक सिरिज आयोजना गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आगामी माघ १७ देखि २५ गतेसम्म (जनवरी ३० देखि फेब्रुअरी ७) सञ्चालन हुने सिरिजमा नेपालसहित थाइल्यान्ड र नेदरल्याण्ड्सका महिला क्रिकेट टोलीहरूले सहभागिता जनाउनेछन्।

यो ऐतिहासिक सिरिजले नेपाली महिला क्रिकेट खेलाडीलाई थप प्रेरणा र उत्साह प्रदान गर्नुका साथै अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्दै अनुभव हासिल गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास क्यानले व्यक्त गरेको छ।

प्रतियोगिताको अन्त्यमा अंक तालिकाको शीर्ष स्थानमा रहने टोली च्याम्पियन घोषित हुनेछ।

नेपालको क्रिकेट इतिहासमा पहिलो पटक आयोजना गर्न लागिएको यो सिरिजले महिला क्रिकेटको विकास र प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved