माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दै

नेपालभ्युज

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) केन्द्रीय समितिको छैटौँ पूर्ण बैठक आज (सोमबार) पनि बस्दैछ ।

बैठक आज बिहान ११ बजेपछि पुनः बस्ने माओवादी केन्द्रले जनाएको छ ।

बैठक आइतबार धुम्बाराही शंखपार्कस्थित स्मार्ट दरबार बैंक्वेटमा सुरु भएको थियो । आज त्यसैले निरन्तरता पाउने छ ।

बैठकको पहिलो दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संक्षिप्त राजनीतिक प्रतिवेदन पेस गरेका थिए ।

सो प्रतिवेदनमा माओवादी अब जनतामा फर्कनुको विकल्प नभएको उल्लेख छ ।

आइतबारको बैठकमा भौगोलिक र गैरभौगोलिक गरी १२ प्रदेश संरचनाका अध्यक्ष वा प्रतिनिधिले संगठनात्मक रिपोर्टिङ गरेका थिए ।

बैठक पुस २४ गतेसम्म चल्नेछ ।

दलाल वर्ग र माओवादीबीच कुनै भिन्नता भएन, हामी पनि बिग्रेका छौँ : प्रचण्ड

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved