मिस्टर बिस्टले प्रेमिकासँग गरे इन्गेजमेन्ट, को हुन् बुइसेन ?

नेपालभ्युज

मिस्टर बिस्टले प्रेमिकासँग गरे इन्गेजमेन्ट, को हुन् बुइसेन ?

काठमाडौं । विश्वकै चर्चित युट्युबर मिस्टर बिस्ट (जेम्स डोनाल्डसन)ले इन्गेजमेन्ट गरेका छन् ।

उनले प्रेमिका थिया बुयसेनसँग इन्गेजमेन्ट गरेका हुन् ।

युट्युबमा सर्वाधिक सब्सक्राइबर्स भएका २६ वर्षीय बिस्टले यही ‘क्रिसमस डे’मा प्रेमिकालाई प्रेम प्रस्ताव राखेका थिए ।

मिस्टर बिस्टले प्रेमिकासँगको ईंगेजमेन्टका तस्वीरहरु आफ्नो इन्स्टाग्राममा पोस्ट गरेका छन् । तस्वीरमा उनले एउटा घुँडा टेकेर बुयसेनलाई औँठी लगाइरहेको देखिन्छ ।

बुयसेनको परिवार साउथ अफ्रिकाबाट क्रिसमस उनीहरूसँग क्रिसमस मनाउनका लागि नर्थ क्यारोलिना आएको थियो । त्यही अवसरमा इन्गेजमेन्ट भएको हो ।

मिस्टर बिस्ट सन् २०२२ मा साउथ अफ्रिका जाँदा बुयसेनसँग उनको भेट भएको थियो । उनीहरूले एक साझा साथीको घरमा सँगै डिनर खाएका थिए । तत्कालै आफूहरू एक–अर्काबाट प्रभावित भएको एक अन्तर्वार्तामा बताएका छन् ।

उनीहरूले सन् २०२२ को अप्रिलमा किड्स च्वाइस अवार्डमा एक साथ रेड कार्पेट डेब्यू गरेका थिए । बुयसेनले गत नोभेम्बरमा युनिभर्सिटीअफ एडिनबर्गबाट ह्यूमन कग्निटिभ न्यूरोसाइकोलोजीमा मास्टर्स सकेकी थिइन् ।

उनी युट्युबमा पनि सक्रिय छिन् । थियाबिस्टी नामक युट्युब च्यानलमा उनका ४० हजार जति सब्सक्राइबर्स छन् ।

बिस्टको इन्स्टाग्राममा ६ करोड ४० लाख र एक्समा ३ करोड १ लाख फलोअर्स छन् भने युट्युब च्यानलमा ३४ करोडभन्दा बढी सब्सक्राइबर छन् ।

मिस्टर बिस्ट विश्वका धेरै देशमा बालबालिका र युवामाझ निकै लोकप्रिय छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved