भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक संसदीय समितिबाट पारित

नेपालभ्युज

भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक संसदीय समितिबाट पारित

काठमाडौं । भ्रष्टाचार निवारण ऐन–२०५९ लाई संशोधन गर्न बनेको विधेयक संसदीय समितिबाट पारित भएको छ ।

बिहीबार बसेको प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले उपसमितिले तयार गरको प्रतिवेदनसहितको संशोधन विधेयक पारित गरेको हो ।

समितिले नेपाली काङ्ग्रेसका सांसद हृदयराम थानीको संयोजकत्वमा उपसमिति गठन गरेको थियो ।

उक्त समितिले प्रतिवेदनसहित समितिमा पेश गरेको विधेयक सर्वसम्मतबाट पारित भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved