अमेरिकामा भीडमा पिक-अप ट्रक कुदाएको घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो, ३५ जना घाइते

नेपालभ्युज

अमेरिकामा भीडमा पिक-अप ट्रक कुदाएको घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो, ३५ जना घाइते

काठमाडौं । अमेरिकाको न्यू अर्लिन्समा पिक–अप ट्रकले मानिसलाई किचेको घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ । यस्तै ३५ जना घाइते भएका छन् ।

न्यू अर्लिन्सको लोकप्रिय बोर्बोन स्ट्रिटमा बुधबार बिहान नयाँ वर्षको चहलपहलका क्रममा एक ट्रक भीडमा घुसेको थियो । अनि मानिसहरूलाई लखेट्दै किचेको थियो ।

अमेरिकी प्रहरीका अनुसार चालकले जानाजानी ट्रक भीडमा लगेर मानिसलाई किच्न थाले । त्यसपछि गाडी भित्रबाट गोली चलाउन थाले ।

अमेरिकी मिडियाका अनुसार संदिग्ध ट्रक चालकलाई प्रहरीले गोली हानेको छ ।

स्थानीय पुलिस प्रमुख एनी किर्कप्याट्रिकले बीबीसीसँग भने, ‘संदिग्धले धेरै तीव्र गतिमा पिकअप ट्रक चलाएको थियो र त्यो सकेसम्म धेरै मानिसलाई किच्ने प्रयास गरेको थियो । यसपछि धैरै मानिस आत्तिएर भागेका थिए ।’

ती व्यक्तिले ब्यारिकेडमा पनि प्रहार गरे र त्यसपछि गोली चलाएर दुई प्रहरी अधिकारीलाई समेत घाइते बनाए ।

यस घटनाको अनुसन्धान एफबीआईले गरेको छ । यो आतंकवादी हमला हो कि होइन भनेर धेरै कोणबाट सम्पूर्ण मामिलाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसलाई अमेरिकाका कतिपय नेताले अतिवादी समूहले गरेको आतंकवादी आक्रमण भनेका छन् ।

अमेरिकामा भीडमाथि पिक-अप ट्रक चल्यो, १० जनाको मृत्यु

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved