अमेरिकामा भीडमाथि पिक-अप ट्रक चल्यो, १० जनाको मृत्यु

नेपालभ्युज

अमेरिकामा भीडमाथि पिक-अप ट्रक चल्यो, १० जनाको मृत्यु

काठमाडौं । नयाँ वर्षको पहिलो दिन अमेरिकाको न्यू अर्लिन्स शहरमा एक व्यक्तिले भीडमाथि पिक-अप ट्रक चलाएका छन् ।

घटनामा १० जनाको मृत्यु भएको छ भने करिब ३० जना घाइते भएको बीबीसीले जनाएको छ ।

न्यू अर्लिन्सको नोला रेडी सरकारी एजेन्सीका अधिकारीहरूले घाइतेहरूलाई अस्पताल लगिएको जानकारी दिए ।

सीबीएस न्युजकाअनुसार न्यू अर्लिन्सको लोकप्रिय बोर्बोन स्ट्रिटमा एक व्यक्तिले भीडमा पिक-अप ट्रक चलाएका हुन् ।

न्यु अर्लिन्सका प्रहरी प्रवक्ताले भने, ‘प्रारम्भिक रिपोर्टकाअनुसार एउटा कारले मानिसको भीडमा हानेको हुन सक्छ । यो दुर्घटनामा मृत्यु हुनेको जानकारी आएको छ ।’

घटनाका प्रत्यक्षदर्शीहरूले भने, ‘कार भीडमाथि चल्यो र त्यसपछि चालकले गोली चलाउन थाले, पुलिसलाई जवाफी कारबाही गर्न उक्साए ।’

न्यु अर्लिन्सको सरकारी एजेन्सी नोला रेडीले सामाजिक सञ्जालमा नहर र बोर्बोन स्ट्रिटमा ठूलो संख्यामा मानिस मारिएको बताएको छ ।

उनले आसपासका मानिसहरुलाई यस क्षेत्रबाट टाढा रहन आग्रह गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved