माधव र वामदेवबीच भएको छलफल सकारात्मक, १५ दिनभित्र एकता टुङ्ग्याउने समझदारी

नेपालभ्युज

माधव र वामदेवबीच भएको छलफल सकारात्मक, १५ दिनभित्र एकता टुङ्ग्याउने समझदारी

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र पार्टी एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमबीच १५ दिनभित्र एकता टुङ्ग्याउने समझदारी भएको छ ।

बुधबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा नेता नेपाल र गौतमबीच भएको छलफलमा सो समझदारी भएको हो ।

नेपालसँगको छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै गौतमले एकताका लागि दुई नेता एकजुट भएको दाबी गरे ।

एकताबारे केही दिनमै सञ्चारमाध्यमलाई जानकारी दिने बताए । स्रोतका अनुसार छलफल सकारात्मक भएको छ । १५ दिनभित्र एकता टुङ्ग्याउने समझदारी छ ।

बैठकमा सङ्गठनात्मक भन्दा पनि बढी राजनीति, सैद्धान्तिक पक्षबारे छलफल भएको एकीकृत समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए ।

वामदेवले पार्टीको एजेन्डामा पूर्ण समानुपातिक निर्वाचित प्रणालीमा जानुपर्ने प्रस्ताव राखेका बताइएको छ । प्रस्तावलाई सकारात्मक रूपमा लिँदै नेता नेपालले यस विषयमा थप छलफल गर्दै जाने बताएका छन् ।

वामदेवलाई पार्टीभित्र तेस्रो मर्यादामा दिने गरी सहमति भइसकेको भन्दै बाँकी नेताको व्यवस्थापनका लागि अर्को बैठकमा छलफल गर्ने खतिवडाले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved