घट्यो सुनचाँदीको मूल्य

नेपालभ्युज

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । आज (आइतबार) नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुन प्रतितोला १ लाख ५० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार भने सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि थारै घटेको महासंघले जनाएको छ । चाँदी आज प्रतितोला २५ रुपैयाँले घटेको हो ।

आज चाँदी प्रतितोला १ हजार ७९० मा कारोबार भइरहेको छ । शुक्रबार भने चाँदी तोलामा १५ रुपैयाँले बढेको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved