सामसङ इनोभेसन क्याम्पसले दियो विद्यार्थीलाई एआईमा प्रमाणपत्र, नयाँ कोडिङ विद्यार्थीलाई स्वागत

नेपालभ्युज

सामसङ इनोभेसन क्याम्पसले दियो विद्यार्थीलाई एआईमा प्रमाणपत्र, नयाँ कोडिङ विद्यार्थीलाई स्वागत

काठमाडौं । आफ्नो विश्वव्यापी सीयसआर पहल सामसङ इनोभेसन क्याम्पसमार्फत सामसङ नेपालले नेपाली युवाहरूलाई सशक्तीकरण गर्ने कार्य जारी राखेको छ ।

त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ पुल्चोक क्याम्पसमा आयोजित समारोहमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कोर्स पूरा गरेका ३० विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरेको छ ।

यसका साथसाथै, कार्यक्रमले कोडिङ र प्रोग्रामिङ कोर्सको तेस्रो ब्याचमा प्रवेश गर्ने ६० जना विद्यार्थीहरूको पनि स्वागत गरेको छ ।

सन् २०२२ मा सुरु भएदेखि एसआईसीले युवाहरूलाई चौथो औद्योगिक क्रान्तिको लागि आवश्यक सीपहरू प्रदान गरी भविष्यका लागि तयार हुने सामसङको ‘टुगेडर फर टुमरो! इन्एबलिंग पिपल’ को उद्देश्यलाई अघि बढाउन निर्णायक भूमिका खेलेको छ ।

लगभग पाँच महिनाको दौरानमा सम्पन्न भएको यो एआई पाठ्यक्रम, उन्नत एआई अवधारणाहरू र व्यावहारिक अनुप्रयोगहरूमा केन्द्रित रहेको थियो ।

प्रमाणपत्र वितरण समारोहमा सामसङ नेपालका प्रमुख इन सु किम, त्रिभुवन विश्वविद्यालयका, पुल्चोक क्याम्पस त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङका क्याम्पस प्रमुख डा इन्द्रप्रसाद आचार्य, त्रिभुवन विश्वविद्यालयका रेक्टर प्राध्यापक खड्ग के.सी र डिन प्रा. डा. सुशील बी बज्राचार्य लगायतको उपस्थिति रहेको थियो ।

‘सामसङमा ‘टुगेडर फर टुमरो! इन्एबलिंग पिपल’ को हाम्रो उद्देश्यले हामीलाई नवप्रवर्तन र शिक्षामार्फत युवाहरूलाई सशक्तीकरण गर्न प्रेरित गर्ने गर्दछ । यी विद्यार्थीहरूको समर्पण देखेर र उनीहरूको उपलब्धिहरू मनाउन पाउँदा हामीलाई गर्व लाग्छ । तिनीहरूले भविष्यमा सिर्जना गर्ने प्रभाव देखेर हामी उत्साहित छौँ ।’ इन सु किमले भने ।

कार्यक्रमको पाठ्यक्रमले एआई, आईओटि, बिग डाटा, र कोडिङमा उन्नत प्राविधिक प्रशिक्षण गर्नुको साथै समस्या समाधान र रचनात्मकता जस्ता आवश्यक सफ्ट–स्किलहरूलाई पनि जोड दिने कम्पनीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved