वसन्तीकलीले सेल्फीकलीलाई पेनाल्टी सुटआउटमा हरायो (तस्वीरहरू)

वसन्तीकलीले सेल्फीकलीलाई पेनाल्टी सुटआउटमा हरायो (तस्वीरहरू)

चितवन । सौराहामा आजदेखि सुरु भएको १८औं हात्ती तथा पर्यटन महोत्सवअन्तर्गत आज भएको हात्तीहरुको पेनाल्टी सुटआउटमा वसन्तीकली हात्ती समूह विजयी भएको छ ।

यो समूहले सेल्फीकली हात्ती समूहलाई पेनाल्टी सुटआउटमा १-० ले हराएको हो । प्रत्येक समूहमा ४-४ वटा हात्ती रहेका थिए।

जसमा वसन्तीकलीले मात्र १ गोल गर्न सफल भइन् । उक्त गोलले नै टोली विजयी भयो ।

महोत्सवमा शुक्रबार हात्ती फुटबल र दौडलगायतका कार्यक्रम हुनेछ ।

तस्वीरहरु:-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved