सुनको मूल्य बढ्यो, चाँदीको थोरै घट्यो

नेपालभ्युज

सुनको मूल्य बढ्यो, चाँदीको थोरै घट्यो

काठमाडौं । आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुनको कारोबार तोलामा १ लाख ५० हजार ३०० रुपैयाँले कारोबार भइरहेको छ ।

बुधबार भने सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको थियो । प्रतितोला १ लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने आज पनि थोरै घटेको छ । प्रतितोला ५ रुपैयाँले घटेको महासंघले जनाएको छ ।

आज चाँदीको कारोबार तोलामा १ हजार ८०० रुपैयाँले कारोबार भइरहेको छ । बुधबार पनि चाँदी प्रतितोला ५ रुपैयाँले नै घटेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved