सरकार ७ बुँदे सहमतिका आधारमा चल्न सकेन : शेखर कोइराला

नेपालभ्युज

सरकार ७ बुँदे सहमतिका आधारमा चल्न सकेन : शेखर कोइराला

धनगढी । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार ७ बुँदे सहमतिका आधारमा चल्न नसकेको बताएका छन् ।

धनगढी विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै उनले सरकार संविधान संशोधन तथा अन्य विषयमा प्रवेश नै नगरेको बताए ।

कांग्रेस र एमालेको संयुक्त सरकार बन्दा जनतामा एक किसिमको उत्साह देखिएपनि अहिले सरकारले खासै केही गर्न नसकेको उनको भनाइ छ ।

साथै, नेता कोइरालाले १५औं अधिवेशनको तयारी आफूले सुरु गरिसकेको समेत बताए । उक्त महाधिवेशनमा आफू स्वाभाविक पार्टी सभापतिको दाबेदार रहेको बताए ।

उनले आफूले अहिले कुनै गुट नचलाएकोसमेत दाबी गरे । महामन्त्री गगन थापा र सभापति देउवासँग आफ्नो सुमधुर सम्बन्ध रहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved