मेलवर्न एअरपोर्टमा किन रिसाए कोहली ?

नेपालभ्युज

मेलवर्न एअरपोर्टमा किन रिसाए कोहली ?

काठमाडौं । भारतीय क्रिकेट टोलीका ब्याट्सम्यान विराट कोहलीले अस्ट्रेलियाको मेलवर्न एअरपोर्टमा आफ्नो परिवारको फोटो खिचेकोमा कडा आपत्ति जनाएका छन् ।

अष्ट्रेलियाको न्यूज च्यानल सिड्नी मर्निङ हेराल्ड र फक्स स्पोर्ट्सका अनुसार बिहीबार विराट कोहली आफ्नो परिवारसँग मेलवर्न एयरपोर्ट पुगेका थिए, त्यही समयमा एक महिला पत्रकारले उनको परिवारको फोटो खिचेकी थिइन् ।

यसप्रति कोहलीले कडा आपत्ति जनाएका हुन् ।

मेलवर्न एअरपोर्टमा अस्ट्रेलियाली रिपोर्टर फास्ट बलर स्कट बोल्याण्डसँग कुरा गर्दै थिइन् ।

त्यही क्रममा कोहली आफ्नो परिवारसँग त्यहाँबाट आफ्नो गन्तव्यतर्फ लाग्दै थिए । सोही क्रममा ती पत्रकारले फोटो खिचेकी थिइन् । महिला पत्रकारप्रति आपत्ति जनाउँदै कोहलीले आफ्नो गोपनीयताको सम्मान गर्नुपर्ने र आफूलाई न सोधी यो गर्न नसक्ने बताएका थिए ।

भारत र अष्ट्रेलियाबीचको चौथो टेस्ट खेल २६ डिसेम्बरदेखि मेलवर्नमा सुरु हुँदैछ ।

बोर्डर गावस्कर ट्रफीमा अहिलेसम्म भएका खेलको कुरा गर्ने हो भने कोहलीको प्रदर्शन खासै गतिलो रहेन ।

उनले पर्थमा भएको पहिलो टेस्टको दोस्रो इनिङ्समा मात्र शतक बनाएका थिए । यसपछि एडिलेड र ब्रिस्बेनमा खेलिएको दोस्रो र तेस्रो टेस्ट म्याचको दुवै इनिङ्समा उनको ब्याट चलेन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved