कोरोनाले नछाड्दै एमाले अध्यक्ष ओली सार्वजनिक कार्यक्रममा

नेपालभ्युज

कोरोनाले नछाड्दै एमाले अध्यक्ष ओली सार्वजनिक कार्यक्रममा

काठमाडौं। ९ माघमा पत्नी राधिका शाक्यसहित कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेशनमा बसेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कोरोनाले नछाड्दै सार्वजनिक कार्यक्रममा देखिएका छन्।

ओली बालकोटस्थित आफ्नै निवास अगाडि बुधबारबाट राष्ट्रिय युवा संघ नेपालले शुरु गरेको सप्ताहव्यापी खुल्ला रक्तदान अभियानमा सहभागी भएका हुन्। उनी कोभिड–१९ संक्रमितहरूको आइसोलेसनसम्बन्धी स्वास्थ्य मापदण्ड–२०७७ को उल्लंघन गर्दै सार्वजनिक कार्यक्रममा देखिएका हुन्।

उक्त मापदण्डको परिच्छेद ३ मा आइसोलेशनमा बसेको १४ दिनपछि वा पूर्ण निको भएको ३ दिनपछि मात्रै अस्पताल वा आइसोलेशनबाट निस्किन मिल्ने व्यवस्था छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved