कारबाहीको डरले बतासले बुझायो धर्मशालाको एक करोड भाडा

नेपालभ्युज

कारबाहीको डरले बतासले बुझायो धर्मशालाको एक करोड भाडा

काठमाडौं। पर्यटन मन्त्रालयले गठन गरेको छानबिन समितिले सम्झौता खारेजीको प्रक्रिया अगाडि बढाएसँगै पशुपति धर्मशालामा होटेल सञ्चालन गरिरहेको होटेल आनन्द प्रालि (बतास समूह)ले भाडा बुझाएको छ । करिब एक वर्षको ९९ लाख ८४ हजार ६ सय ६६ रुपैयाँ भाडा बुझाएको हो।

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा २३ पुसमा गठित छानबिन समितिले ३ माघमा संस्कृति मन्त्रालयलाई प्रतिवेदन बुझाएको थियो । बुधबार उक्त रकम कोषको खातामा जम्मा भएको कोषाध्यक्ष सुवेदीले जानकारी दिए ।

कोभिड– १९ महामारी अवधिमध्येको भाडा मिनाहाका लागि आनन्दले कोषसँग माग गर्दै आएको थियो। तर, पशुपति क्षेत्र विकास सञ्चालक परिषद्को स्वीकृतिविना नै धर्मशाला लिजमा दिइएको छानबिनबाट खुलेपछि सरकारले सम्झौता खारेजीको प्रक्रिया अगाडि बढाइसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved