जातीय विभेद गर्ने अभिव्यक्ति दिएको भन्दै दलित अभियन्ताको ध्यानाकर्षण, प्रचण्डले मागे माफी

नेपालभ्युज

जातीय विभेद गर्ने अभिव्यक्ति दिएको भन्दै दलित अभियन्ताको ध्यानाकर्षण, प्रचण्डले मागे माफी

काठमाडौं । दलित अभियान्ता डा. मित्र परियारसहितको टोलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएका छन् ।

प्रचण्डले सार्वजनिक रुपमा जातीय विभेद गर्ने अभिव्यक्ति दिएको भन्दै त्यसतर्फ ध्यानाकर्षण गराउन परियारलगायतको टोलीले ज्ञापनपत्र बुझाएको हो ।

छलफलमा दलित समुदायको आत्मसम्मानमा चोट पुगेको र आत्मालोचना गर्नुपर्ने कुरा राख्दा प्रचण्डले माफी मागेको परियारले बताए । प्रचण्डले सार्वजनिक रुपमा पनि माफी माग्ने वचन दिएको उनी बताउँछन् ।

भेटमा सांसद परशुराम रम्तेल, पार्वती भितृकोटी, जनक परियार, चेतन विक, संजीव कार्कीलगायत सहभागी थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved