काठमाडौं । अमेरिकाको म्याडिसनस्थित एक विद्यालयमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ । यस हमलामा अन्य चार जना पनि घाइते भएको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ ।
यो घटना नेपाली समयअनुसार सोमबार राति भएको अमेरिकी प्रहरीले जनाएको छ । प्रहरी विद्यालयमा पुग्दा आक्रमणकारीको पनि मृत्यु भइसकेको थियो ।
प्रहरीले पीडित वा आक्रमणकारीको बारेमा कुनै जानकारी दिएको छैन । साथै गोली चलाउनुको कारण पनि पत्ता नलागेको प्रहरीले जनाएको छ ।
बीबीसीसँग सम्बद्ध सीबीएस न्युज र अन्य मिडिया रिपोर्टहरूले आक्रमणकारी महिला रहेको बताइरहेका छन् ।
म्याडिसनका प्रहरी प्रमुख शान बर्न्सले घटनास्थलमा अधिकारीहरूले एउटा ह्यान्डगन बरामद गरेको बताए ।
अधिकारीहरूले आफूले देखेको दृश्यबारे जानकारी दिन घटनाका प्रत्यक्षदर्शीहरूलाई प्रहरीले अपिल गरेको छ ।
Facebook Comment
Comment