सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा ढुङ्गाना, यी हुन् मन्त्रिपरिषद्का निर्णय

नेपालभ्युज

सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा ढुङ्गाना, यी हुन् मन्त्रिपरिषद्का निर्णय

काठमाडौं । सरकारले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा देवराज ढुङ्गानालाई नियुक्त गरेको छ ।

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गुरुङले केन्द्रको कार्यकारी निर्देशक पदमा मोरङका ढुङ्गानालाई नियुक्त गरेको जानकारी दिए ।

केन्द्रलाई व्यवस्थित रुपमा परिचालन गर्नका लागि ध्यान केन्द्रित गर्ने र अन्तशुल्क, स्मार्टकार्ड, लालपूर्जा, राहदानी हुँदै नोट समेत छाप्नका लागि काम अघि बढाउने उनले बताए ।

त्यस्तै बैठकले एसियाली विकास बैंकबाट हरित, उत्थानशील र समावेशी विकास कार्यक्रमका लागि एक सय मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ भने नागढुङ्गा सुरुङ्मार्ग आयोजनाअन्तर्गत क्षतिपूर्ति तथा समस्या समाधानको लागि सैद्धान्तीक सहमति दिने निर्णय भएको उनले जानकारी दिए ।

बैठकले नेपाल सरकार र भारत सरकारबीच हस्ताक्षर हुने खानेपानी, सरसफाइसम्बन्धी क्षेत्रको बिकास सम्बन्धी समझदारीपत्र स्वीकृत गरेको छ भने राष्ट्रिय सहरी नीति स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता गुरुङले बताए ।

त्यस्तै, मन्त्रिपरिषद्ले अन्तराष्ट्रियस्तरको फुटबल, कराँते र बिच भलिबल प्रतियागितामा विजयी तथा पदक प्राप्त गर्ने खेलाडी, प्रशिक्षक, व्यवस्थापक र फिजियो गरि ३५ जनालाई पुरस्कार तथा सम्मान गर्नका लागि खेलकुद मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved