सर्वोच्चले खारेज गर्‍यो एमालेलाई मीनबहादुरले दिएको जग्गा दानविरुद्धको रिट

नेपालभ्युज

सर्वोच्चले खारेज गर्‍यो एमालेलाई मीनबहादुरले दिएको जग्गा दानविरुद्धको रिट

काठमाडौं । नेकपा एमालेलाई भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरूङले पार्टी कार्यालय बनाउन दिएको जग्गा दानविरूद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ।

यससँगै भवन बनाउन पाउने बाटो खुलेको छ ।

न्यायाधीश अब्बुल अजिज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासले सोमबार सो जग्गा दान रोक्का गर्न दायर गरेको रिट खारेज गरेसँगै एमाले र मीनबहादुरबीच जग्गा पास गर्ने बाटो खुलेको हो ।

कात्तिक ७ गते अधिवक्ता ज्ञानबहादुर बस्नेतले भ्रष्टाचार र सरकारी कागजात कीर्ते गरेको आरोप लागेका व्यापारी गुरूङबाट एमालेले चन्दास्वरूप दान लिने गरी गरेको निर्णय बदर गर्न माग गर्दै रिट दायर गरेका थिए । रिटमा गुरूङ र एमाले पार्टी कार्यालयलाई विपक्षी बनाइएको थियो ।

गत असोज २५ गते प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले कीर्तिपुर नगरपालिका वडा नम्बर २, मैत्रीनगरमा पार्टी केन्द्रीय कार्यालय भवनको शिलान्यास गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved