राष्ट्रपतिद्वारा पाँच देशका राजदूत नियुक्त, बेल्जियममा सेवा लम्साल

नेपालभ्युज

राष्ट्रपतिद्वारा पाँच देशका राजदूत नियुक्त, बेल्जियममा सेवा लम्साल
फाइल फोटो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पाँच देशका लागि राजदूत नियुक्त गरेका छन् ।

राष्ट्रपति कार्यालयकाअनुसार पोर्चुगल, स्पेन, दक्षिण अफ्रिका, बेल्जियम र दक्षिण कोरियाका लागि राजदूत नियुक्त गरिएको हो ।

पोर्चुगलका लागि प्रकाशमणि पौडेल, स्पेनका लागि सनिल नेपाल, दक्षिण अफ्रिकाका लागि प्रा.डा. कपिलमान श्रेष्ठ, बेल्जियमका लागि सेवा लम्साल र कोरियाका लागि शिवमाया तुम्बाहाङ्फेलाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved