अनिल साह ४५ रनमा आउट

नेपालभ्युज

अनिल साह ४५ रनमा आउट

काठमाडौं । नेपाल प्रियिमर लिग एनपीएलमा लुम्बिनी लायन्सविरुद्ध जनपुर बोल्ट्सका अनिल साह ४५ रनमा आउट भएका छन् ।

अनिललाई लुम्बिनीका सन्दीप जोराले आउट गरेका हुन् । जनकपुरका लागि अहिले हर्ष थाकेर र लाहिरु मिलन्थाले ब्याटिङ गरिरहेका छन् ।

यसअघि, जनकपुरले १० ओभरको समाप्तीमा १ विकेटको क्षतिमा ८७ रन बनाएको हो ।

५.३ ओभरमा आसिफ शेख १६ रनमा आउट भए । उनलाई लुम्बिनीका साद बिन जफरले आउट गरे ।

यसअघि, पावर प्लेको समाप्तिमा भने जनपुरले १ विकेटको क्षतिमा ५५ रन बनायो ।

टस जितेर लुम्बिनीले पहिले बलिङ गर्ने निर्णय गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved