राष्ट्रिय ब्याडमिन्टन च्याम्पियन: रसिलाको छलाङ

नेपालभ्युज

राष्ट्रिय ब्याडमिन्टन च्याम्पियन: रसिलाको छलाङ

काठमाडौं। राष्ट्रिय ब्याडमिन्टन च्याम्पियन रसिला महर्जन जुनियरतर्फको विश्व वरीयतामा सातौँ स्थानमा उक्लिएकी छन्। विश्व ब्याडमिन्टन महासंघले हालै प्रकाशित गरेको जुनियरतर्फको विश्व वरीयतामा रसिलाले सातौँ स्थान हासिल गरेकी हुन्।

जुनियर महिला एकलमा यसअघि १९औँ स्थानमा रहेकी रसिला विश्व वरीयतामा उच्च स्थानमा हासिल गर्ने पहिलो नेपाली महिला खेलाडी हुन्। केही समय अघि विश्व ब्याडमिन्टन महासंघले प्रकाशित गरेको जुनियरतर्फको वरीयतामा अर्का उदीयमान खेलाडी प्रिन्स दाहालले पहिलो स्थान हात पारेका थिए। यसअघि तेस्रो स्थानमा रहेका प्रिन्सले पछिल्लो वरीयतामा शीर्ष स्थान हात पारेका हुन्।

नेपाल ब्याडमिन्टन संघले एक प्रेस विज्ञप्ति जारी गर्दै रसिलाले विश्व ब्याडमिन्टनको सातौँ स्थान ओगट्न सफल भएकोमा बधाई दिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved