अफ्रिका कप अफ नेसन्स: मोरक्को क्वार्टरफाइनलमा

फ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनल मोरक्को प्रवेश गरेको छ। गएराति अहमदौ अहिजो स्टेडियममा भएको खेलमा मलावीमाथि २–१ को रोमाञ्चक जित निकाल्दै मोरक्को प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको हो।

नेपालभ्युज

अफ्रिका कप अफ नेसन्स: मोरक्को क्वार्टरफाइनलमा

एजेन्सी। अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनल मोरक्को प्रवेश गरेको छ। गएराति अहमदौ अहिजो स्टेडियममा भएको खेलमा मलावीमाथि २–१ को रोमाञ्चक जित निकाल्दै मोरक्को प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको हो।

खेलको सातौँ मिनेटमै गाबाडिन्हो महान्गोको गोलमार्फत मलावीले अग्रता लिएको थियो। पहिलो हाफको थप गरिएको समयमा युसेफ एन नेस्रीले गोल गर्दै मोरक्कोलाई १–१ को बराबरीमा ल्याए।

७० औँ मिनेटमा अचराफ हाकिमीले गरेको गोल निर्णायक बन्दा मोरक्कोले २–१ को रोमाञ्चक जित हात पार्दै क्वार्टरफाइनल यात्रा तय ग¥यो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved