अस्ट्रेलियन ओपन टेनिस: नाडाल अन्तिम चारमा

नेपालभ्युज

अस्ट्रेलियन ओपन टेनिस: नाडाल अन्तिम चारमा

मेलबर्न। स्पेनका राफेल नाडाल अस्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन्। मेलबर्नमा मंगलबार भएको चौथो चरणको खेलमा क्यानडाका डेनिस सापोभालोपलाई पराजित गर्दै नाडालले अन्तिम चारमा स्थान बनाएका हुन्।

३५ वर्षीय नाडाल कीर्तिमानी २१औं ग्रान्डस्लाम जित्ने अभियानमा छन्। अहिलेसम्म नाडालसँगै स्विट्जरल्यान्डका रोजर फेडरर र सर्बियाका नोभाक जोकोभिचले २० ग्रान्डस्लाम जितेका छन्।

अस्ट्रेलियन ओपनमा फेडरर र जोकोभिचले प्रतिस्पर्धा नगरेपछि नाडाल सर्वाधिक ग्रान्डस्लाम जित्ने कीर्तिमान आफ्नो नाममा लेखाउने अभियानमा छन्। यसका लागि उनी मात्रै दुई खेल पछि छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved