लाइसेन्स प्राप्त भएसँगै वर्ल्डलिङ्क थप विश्वसनीय 

नेपालभ्युज

लाइसेन्स प्राप्त भएसँगै वर्ल्डलिङ्क थप विश्वसनीय 

काठमाडौं । वर्ल्डलिङ्क कम्युनिकेसन लिमिटेडले आफ्नो २५ वर्षे दुवै (नेटवर्क सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायक) लाइसन्सहरु नवीकरण गरेसँगै थप विश्वसनीय भएको छ ।

धन्यवाद ज्ञापन पत्रमार्फत कम्पनीले लाइसन्सहरु प्राप्त भएसँगै विश्वास गर्ने ग्राहकहरूप्रति कृतज्ञता जनाएको छ ।

पत्रमा लेखिएको छ, ‘वर्ल्डलिङ्क कम्युनिकेसन लि. विगतदेखि मर्मत सम्भार शुल्क सम्बन्धी मुद्दामा संवैधानिक हकको उपयोग गर्दै कानुनी प्रक्रियामा संलग्न रहेको र आगामी दिनहरूमा पनि आफ्नो संवैधानिक हकको पूर्ण रूपमा प्रयोग गर्न सक्ने कुरा यहाँहरूलाई सर्वविदित नै छ । उपरोक्त मुद्दामा सम्मानित सर्वोच्च अदालतको निर्णय आएसँगै यो मुद्दाको एउटा मात्र कडी समाप्त भएको छ ।’

अदालतको निर्णयलाई सम्मान गर्दै वर्ल्डलिङ्कले आफ्नो कानुनी दायित्व पुरा गरेको जनाएको छ । यो लामो कानुनी प्रक्रियामा संस्थालाई सहयोग गर्ने र भरोसा गर्नेहरूलाई वर्ल्डलिङ्कले धन्यवाद दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved