रवि लामिछानेलाई चितवन पुर्‍याउँदा समर्थकको प्रदर्शन (भिडिओ)

नेपालभ्युज

रवि लामिछानेलाई चितवन पुर्‍याउँदा समर्थकको प्रदर्शन (भिडिओ)

काठमाडौं । सहकारी रकम अपचलनको मुद्दामा बयान लिनका लागि रवि लामिछानेलाई चितवन लगेसँगै उनका समर्थकले प्रदर्शन गरेका छन् ।

लामिछानेलाई चितवनबाटै रिहा गर भन्दै उनका समर्थकहरुले प्रदर्शन गरेका हुन् । भरतपुरको कृषि कार्यालयअगाडि जम्मा भएर समर्थकहरुले नाराबाजी गरेका थिए ।

उनीहरुले रवि लामिछानेलाई रिहा गर, राजनीतिक प्रतिशोध बन्द गर, रविलाई न्याय दे लगाएका नारा लगाएका थिए ।

कृषि कार्यालयबाट प्रदर्शनकारी अघि बढ्न खोजेपछि प्रहरीले रोकेको थियो । सो क्रममा प्रहरीले सामान्य बल प्रयोग गरेको थियो ।

चितवन साहारा बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलनको मुद्दामा बयानका लागि लामिछानेलाई मंगलबार बिहान  काठमाडौंबाट चितवन लगिएको हो ।

साहारा सहकारीको रकम अपचलनको विषयमा पीडितले पछिल्लो पटक लामिछानेसहित १० जनाविरुद्ध पूरक जाहेरी दिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved