भीमदत्त–६ मा शान्तिपूर्ण मतदान, साढे १० बजेसम्म ९५७ मत खसे

नेपालभ्युज

भीमदत्त–६ मा शान्तिपूर्ण मतदान, साढे १० बजेसम्म ९५७ मत खसे

धनगढी । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ मा वडाध्यक्ष पदका लागि भइरहेको मतदानमा अहिले सम्म ९५७ मत खसेको छ ।

बिहान साढे १० बजेसम्मको विवरणअनुसार शान्ति निकेतन मावि मतदान स्थलमा ६ वटा केन्द्रमा मतदाताहरूको उपस्थिति उत्साहजनक रहेको छ ।

कञ्चनपुरका जिल्ला निर्वाचन अधिकारी उदयराज जोशीले मतदान शान्तिपूर्ण रूपमा भइरहेको जानकारी दिएका छन् । वडाध्यक्ष पदका लागि १२ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्, जसले मतदाताहरूको चासो बढाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved