काठमाडौं । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत गरेको छ । बैठकले भ्रमण टोलीमा सहभागी हुने सरकारीतर्फ ३९ जना र निजी ४८ गरी ८७ सदस्यीय प्रतिनिधिमण्डलको टुंगो लगाएको एक मन्त्रीले जानकारी दिए ।
सरकारी टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक सल्लाहकार युवराज खतिवडा, सांसद अर्जुननरसिंह केसी, श्यामकुमार घिमिरे, लिलानाथ श्रेष्ठ, बिजुला रायमाझी, रेखा शर्मा, वीरेन्द्रप्रसाद महतो, दीपक कार्की, सर्वेन्द्रनाथ शुक्ला, रञ्जिता श्रेष्ठ, मुख्यसचिव एकनारायण अर्याल, सचिवहरू रामप्रसाद घिमिरे, अमृतबहादुर राई छन् ।
यस्तै, लगानी बोर्डका सीईओ सुशील ज्ञवाली, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका सहप्राध्यापक पद्मसुन्दर जोशी, प्रधानमन्त्रीका निजी चिकित्सक दिव्या सिंह शाह, प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यसहित अन्य सरकारी अधिकारीहरू कृष्णप्रसाद ढकाल, विष्णुप्रसाद गौतम, मणिरत्न शर्मा, उदय पोखरेल, कमल रावल, ऋचा भट्टराई, जानकी ओझा, सुजन लामिछाने, विनोद खनाल, जयश्री शाक्य र अनिता सिंह पनि टोलीमा रहनेछन् ।
साथै, परराष्ट्र मन्त्रालयअन्तर्गतका ७ जना भने यसअघि नै चीन गइसकेका छन् । यसबाहेक ४८ जना निजी क्षेत्रका व्यक्ति प्रधानमन्त्रीसँग जानेछन् ।
Facebook Comment
Comment