माओवादीको निर्देशन- स्वामिकार्तिक खापर गाउँपालिकामा एमालेलाई समर्थन नगर्नू

नेपालभ्युज

माओवादीको निर्देशन- स्वामिकार्तिक खापर गाउँपालिकामा एमालेलाई समर्थन नगर्नू

काठमाडौं । सुदूरपश्चिम प्रदेश नेकपा माओवादी केन्द्रले  बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्ष पदमा एमाले उम्मेदवारको पक्षमा प्रचारप्रसार नगर्न  स्थानीय समितिलाई निर्देशन दिएको छ ।

प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेलले बिहीबार विज्ञप्ति जारी गर्दै पार्टी नीति विपरीत एमाले उम्मेदवारको पक्षमा प्रचारप्रसार नगर्न र नेकपा एकीकृत समाजवादीका उम्मेदवार जवा शाहीलाई मतदान गर्न निर्देशन दिएका हुन् ।

माओवादी पालिका कमिटीले एमालेका उम्मेदवार सुलोचना कुमारी भण्डारीलाई समर्थन गरेको प्रचार गरेका थिए ।

पोखरेलले  एमाले र माओवादीबीच चुनावी तालमेल भएको विषयलाई लिएर पार्टीले समाजवादी मोर्चा बाहिरका उम्मेदवारलाई समर्थन नगर्न परिपत्र नै पठाएको उल्लेख गरेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved