‘बुलाकी’ बन्यो सर्वोत्कृष्ट फिल्म, कसले के अवार्ड जिते ?

नेपालभ्युज

‘बुलाकी’ बन्यो सर्वोत्कृष्ट फिल्म, कसले के अवार्ड जिते ?

काठमाडौं । लक्ष्मण सुनार निर्देशित चलचित्र ‘बुलाकी’ ले सर्वोत्कृष्ट चलचित्रको राष्ट्रिय अवार्ड प्राप्त गरेको छ ।

बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले चलचित्रलाई सो अवार्ड प्रदान गरिएको हो ।

यस्तै, सर्वश्रेष्ठ निर्देशकको अवार्ड निश्चल बस्नेतलाई फिल्म ‘दिमाग खराब’का लागि प्रदान गरिएको छ । ‘प्रसाद २’ बाट विपिन कार्कीले सर्वश्रेष्ठ अभिनेता र ‘दिमाग खराब’बाट स्वस्तिमा खड्काले सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड प्राप्त गरेकी छन् ।

स्वस्तिमाले अर्को चलचित्र ‘टुल्की’ बाट निर्णायक समिति प्रोत्साहन पुरस्कार पनि प्राप्त गरिन् ।

पुरस्कार पाउने अन्य कलाकार-

उत्कृष्ट सम्पादकः मित्र डी गुरुङ (महाजात्रा)

उत्कृष्ट छायाकारः शिव ढकाल (बुलाकी)

उत्कृष्ट लेखनः राजबहादुर साने (बुलाकी)

उत्कृष्ट आदिवासी मातृभाषी चलचित्रः लोजिमा (लिम्बू भाषा)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved