काठमाडौं । बलिउड अभिनेता अभिषेक बच्चनको फिल्म ‘आई वान्ट टु टक’ हालै रिलिज भएको छ । यो चलचित्रको प्रचारप्रसारमा उनी व्यस्त छन् ।
यसैबीच एक अन्तर्वार्तामा उनले आफ्ना सबै फिल्म लगातार फ्लप भइरहेका बेला अभिनय छाड्ने सोच बनाएको खुलासा गरेका थिए । तर, त्यतिबेला पिता अमिताभ बच्चनले आफूलाई धैर्य भएर काम गरिरहन सल्लाह दिएको उनी बताउँछन् ।
अमिताभको विश्वास थियो कि अभिषेकभित्र एउटा राम्रो अभिनेता लुकेको छ, जुन सही समयमा देखाउन सकिन्छ ।
अभिषेक बच्चनले गलाता प्लससँग भने, ‘मेरो फिल्म लगातार फ्लप हुँदै गयो र अचानक मेरो अभिनयको चर्को आलोचना हुन थाल्यो । त्यति मात्र होइन, म त्यतिबेलाका ठूला निर्देशकहरूसँग काम गरिरहेको थिएँ । मेरो मनमा आशा थियो कि उहाँहरूले मलाई केही सिकाउनुहुन्छ र मेरो गल्तीहरू सच्याउनुहुन्छ तर, केहि परिवर्तन भएको थिएन ।’
अभिषेकले भने, ‘मैले एकपटक बुवालाई कुरा गर्नुपर्छ भनेर भनेको थिएँ । मलाई लाग्छ हामीले गल्ती गर्यौं । मलाई लाग्दैन कि म अभिनयका लागि बनेको हुँ, किनकि म जे गर्छु, केही पनि ठीक छैन । मैले सबै कुरा गरेको छु । सबै किसिमका फिल्म बनाएँ । सबै प्रकारका फिल्ममेकरसँग काम गरिसके तर, केही भइरहेको छैन । हुनसक्छ अब म आफैंसँग इमानदार हुनुपर्दछ र भन्नुपर्छ कि यो म यसका लागि होइन । अब मैले अरू केही खोज्नुपर्छ ।’
Facebook Comment
Comment