रोनाल्डोका दुई गोलको मद्दतले अल नासरको जित

नेपालभ्युज

रोनाल्डोका दुई गोलको मद्दतले अल नासरको जित

काठमाडौं । पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोका दुई गोलको मद्दत साउदी अरेबियाको क्लब अल नासरले एएफसी च्याम्पियन्स लिग फुटबलमा जित हासिल गरेको छ ।

सोमबार राति भएको खेलमा अल नासरले कतारी क्लब अल घरफालाई ३–१ ले हरायो । नासरको जितमा एन्जेलो गाब्रिअलले एक गोल गरेका हुन् ।

घरेलु टोली घरफाविरुद्ध रोनाल्डोले खेलको ४६औं मिनेटमा नासरलाई अग्रता दिलाएका थिए ।

खेलकाे ५८औं मिनेटमा गाब्रिअलले दोस्रो गोल गरेका हुन् । ६४औं मिनेटमा रोनाल्डोले नै व्यक्तिगत दोस्रो गोल गरेका थिए ।

घरफाका लागि जासेलुले ७५औं मिनेटमा गोल गर्दै गोलअन्तर घटाएका थिए । तर सेदोउ सानोले रातो कार्ड खाएपछि घरफा खेलको ८४औं मिनेटमा १० खेलाडीमा सीमित भयो । यसले गर्दा  घरफा खेलमा फर्कन सकेन ।

जितपछि नासर १३ अंक जोड्दै दोस्रो स्थानमा छ । क्वार्टरफाइनलमा स्थान बनाउन अर्काे खेल जित्नुपर्ने दबाब अझै उमाथि छ ।

अल अहली १५ अंक बनाउँदै लिगको शीर्ष स्थानमा रहेर क्वार्टरफाइनलमा प्रवेश गरेको छ । पराजित घरफा ४ अंकसहित आठौं स्थानमा छ ।

रोनाल्डोको फिटनेस राज : अल्कोहल र कोल्ड ड्रिंक्सबाट टाढा

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved