चाबहिलमा सार्न मिल्ने २ आकाशे पुलको शिलान्यास

नेपालभ्युज

चाबहिलमा सार्न मिल्ने २ आकाशे पुलको शिलान्यास

काठमाडौं। चाबहिलको चोक र मित्र पार्क गरी २ ठाउँमा आज आकाशे पुलको शिलान्यास भएको छ। काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले र वडाध्यक्ष शुद्धकुमार डंगोलले पुलको शिलान्यास गरेका हुन्।

चाबहिल चोकमा ३३ मिटर लम्बाई र २ मिटर चौडाईको र मित्रपार्कमा १६ मिटर लम्बाई र २ मिटर चौडाइको आकाशे पुल निर्माण हुनेछन्। शिलान्यासपछि मेयर शाक्यले, पैदल यात्रुको भीड र दुर्घटना भइरहने ठाउँलाई प्राथमिकतामा राखेर आकाशे पुल निर्माण भइरहेको बताए।

‘‘महानगरपालिका क्षेत्रभित्र ट्राफिक जामको समस्या धेरै छ, सडक फराकिलो भएर पनि चाबहिलमा सवारीको अधिक चाप छ,” उनले भने,  ‘‘आकाशे पुल निर्माण भएपछि पैदल यात्रुको यात्रा सुरक्षामा टेवा पुग्नेछ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved