प्रहरीका १३ जना सम्पर्कविहीन, ७ दिनभित्र सम्पर्कमा नआए सेवाबाट हटाइने

आजको मितिबाट सात दिनभित्र पनि सम्पर्कमा नआए उनीहरूलाई सेवाबाट हटाउने चेतावनी प्रहरी प्रधान कार्यालयले दिएको छ।

नेपालभ्युज

प्रहरीका १३ जना सम्पर्कविहीन, ७ दिनभित्र सम्पर्कमा नआए सेवाबाट हटाइने

काठमाडौं। नेपाल प्रहरीले सम्पर्कमा नरहेका १३ प्रहरीहरूलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ। आजको मितिबाट सात दिनभित्र पनि सम्पर्कमा नआए उनीहरूलाई सेवाबाट हटाउने चेतावनी प्रहरी प्रधान कार्यालयले दिएको छ।

प्रहरी प्रधान कार्यालय नक्सालले गैर हाजिरी रहेका दुई जना प्रहरी हबल्दार र ११ जना प्रहरी जवानलाई स्पष्टीकरणसहित सम्पर्कमा आउन आग्रह गर्दै सोमबार सार्वजनिक सूचना जारी गरेको हो।

सम्पर्कमा नरहेकाहरूमा प्रहरी हबल्दारहरुमा केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्जमा दरबन्दी भएका दीपेन्द्र सिंह र सिन्धुपाल्चोकको ठोकर्पा प्रहरी चौकीका मङ्गल सिंह कुँवर छन् । सिंह मङ्सिर १९ गतेदेखि र कुँवर पुस ८ गतेदेखि कार्यालयको सम्पर्कमा छैनन्।

यसै गरी प्रहरी जवानहरू विक्रम महर, आशबहादुर गुरुङ, सुनिल चौधरी, शान्तिराम राई, आशिष् शेर्पा, नागेन्द्रप्रसाद यादव, मनोज चौधरी, अमृतलाल खत्री, सुरेश कुमार द्वाल, मार्सल जुलम एस.पी., दिल दीक्षित राज के.सी. पनि सम्पर्कमा छैनन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved