मिसेस हेरिटेजको ताज नेपाललाई

नेपालभ्युज

मिसेस हेरिटेजको ताज नेपाललाई

काठमाडौं । नेपालकी विभा बस्नेतले ‘मिसेस हेरिटेज इन्टरेनसनल’को ताज हात पारेकी छन् । थाईल्याण्डको राजधानी बैंककमा आयोजित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘हेरिटेज प्याजेन्ट’मा उनले ‘मिसेस हेरिटेज इन्टरेनसनल’को शीर्ष उपाधि  हात पारेकी हुन् ।

यस्तै  मिस तर्फको शीर्ष उपाधि  पेरुकी फेयरस ओर रुम्बो एलले जितिन् । दुवै शीर्ष विजेताले पर्सनालिटी विद्याको अवार्ड समेत हात पारे ।

ईप्लानेट पिटिई लिमिटेड सिंगापुरद्वारा आयोजित उक्त सौन्दर्य प्रतियोगिता सातौँ संस्करण हो । जस  मार्फत मौलिक कलासंस्कृति, जातियता, आफ्नोपनको संरक्षण, प्रवर्द्धन गर्ने हेतुले आयोजना गरिदैं आएको  संस्थाका अध्यक्ष सन्तोष सापकोटाले जानकारी दिए ।

‘हेरिटेज प्याजेन्टस् २०२४’मा   नेपाल, भारत, थाईल्याण्ड, बेलायत, नाइजेरिया, भियतनाम, फिलिपिन्स, पेरु, सिंगापुर, म्यानमार, न्युजिल्याण्ड, मेक्सिको, इन्डोनेसिया, लाट्भिया, सर्विया, केन्या तथा मलेशियाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved