सौर्य एअरलाईन्सको व्यवस्थापन पक्षलाई कारबाही गर्न माग गर्दै उजुरी

नेपालभ्युज

सौर्य एअरलाईन्सको व्यवस्थापन पक्षलाई कारबाही गर्न माग गर्दै उजुरी

काठमाडौं । मृत्युपछि यात्रुको हस्ताक्षर किर्ते गरेको भन्दै सौर्य एअरलाईन्सको व्यवस्थापन पक्षलाई कारबाहीको माग गर्दै उजुरी परेको छ ।

विमान दुर्घटनामा ज्यान गुमाएकी प्रिजा खतिवडाको परिवारले बुधबार प्रधानमन्त्री कार्यालयमा उजुरी दर्ता गराएका हुन् ।

पत्रकार समेत रहेका प्रकाश खतिवडाले ऊर्जा मन्त्रालयमा कार्यरत आफ्नी छोरी प्रिजा खतिवडाको मृत्युपछि हस्ताक्षर किर्ते गरी नक्कली कागज तयार गरेर एअरलाईन्स व्यवस्थापन पक्षले गम्भीर अपराध गरेको भन्दै प्रधानमन्त्री कार्यालयमा उजुरी दर्ता गराएका हुन ।

उजुरीमा जहाज दुर्घटना छानबिन गर्न बनेको सरकारी आयोग गठन गर्दा कानुन विपरीत योग्यता नै नपुगेकालाई सदस्य बनाइएको भनिएको छ । साथै आयोगले नियोजित प्रतिवेदन तयार गरेको आरोप लगाइएको छ । प्रतिवेदनको पुन परीक्षण गर्न संवैधानिक आयोग गठन गर्न उजुरीमा माग गरिएको छ ।

१८ जनाको ज्यान जाने गरी गत साउन ९ गते सौर्य एअरलाइन्सको जहाज दुर्घटना भएको थियो । दुर्घटनामा पत्रकार खतिवडाले छोरी, ज्वाइँ र नाति गुमाएका थिए । खतिवडाले संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा समेत उजुरी दर्ता गराएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved