कोरोनाले बन्द भयो सदर चिडियाखाना

कोरोना संक्रमणको दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय ललितपुरको निर्देशनमा चिडियाखाना बन्द गरिएको हो।

नेपालभ्युज

कोरोनाले बन्द भयो सदर चिडियाखाना

ललितपुर। ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना ६ महिनापछि आइतबारबाट बन्द गरिएको छ। कोरोना संक्रमणको दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय ललितपुरको निर्देशनमा चिडियाखाना बन्द गरिएको हो।

सदर चिडियाखानाका प्रमुख रचना शाहले चिडियाखाना केही दिनका लागि बन्द गरिएको जानकारी दिइन्। उनले स्वास्थ्य सावधानी अपनाएर चिडियाखाना खुला गरे पनि उपत्यकामा सङ्क्रमितको दर ह्वात्तै बढ्न थालेपछि एक सातापछि पुनः खोल्ने गरी हाललाई बन्द गरिएको बताइन्।
कोरोना कहरका कारण अघिल्लो वर्ष करिब ९ महिना बन्द भएको चिडियाखाना साउन १ गतेबाट खुला गरिएको थियो। आर्थिक अभावका कारण चिडियाखानाका वन्यजन्तुलाई स्याहार्न समस्या परेको बेला पुनः बन्द भएपछि सञ्चालन खर्च जुटाउन थप समस्या पर्ने प्रशासनको भनाइ छ।

पछिल्लो समय दैनिक करिब ३ हजार अवलोकनकर्ता चिडियाखाना आउने गरेका थिए। पछिल्लो दुई सातायता ओमिक्रोन भेरियन्ट व्यापक रूपमा फैलन थालेपछि अवलोकनकर्ताको सङ्ख्या घटेर दैनिक करिब ५ सयको हाराहारीमा झरेको थियो ।

साउनदेखि खुला गर्दासमेत प्रशासनले अनिवार्य रूपमा स्वास्थ्य मापदण्ड पालना गर्ने व्यवस्था गरेको थियो। ओमिक्रोन भेरियन्ट फैलिन थालेपछि थप कडाइ गरिएको थियो। स्थानीय प्रशासनको आदेशअनुसार अवलोकनकर्ताले अनिवार्य रूपमा खोपकार्ड बोक्नुपर्ने वा मोबाइलमा खोपकार्ड देखाउनुपर्ने, मास्क लगाउनुपर्ने, जीवजन्तुलाई छुन नपाउनेलगायत कडा नियम पालना गर्नुपर्ने व्यवस्था थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved