पूर्वमन्त्री अधिकारीलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

नेपालभ्युज

पूर्वमन्त्री अधिकारीलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । मानव तस्करी प्रकरणमा पक्राउ परेका कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारीलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले अधिकारीसहित ९ जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

यसअघि कात्तिक २७ गते अदालतले ७ दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।

जापानमा हुने इन्टरनेशनल कन्फरेन्स अन ओपन एक्सेस टु कल्चर २०२४ को सात दिने कार्यक्रममा पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्रीसमेत रहेका अधिकारीसहित चार जना कात्तिक ११ गते गएका थिए । उनीसँगै गएका जनक राई, दावा शेर्पा र कञ्चन देवकोटालाई जापानको अध्यागमनले डिपोर्ट गरेको थियो ।

असम्बन्धित व्यक्तिलाई पनि लिएर गएको पाइएपछि अधिकारी छानबिनमा तानिएका हुन् ।

यो पक्ररणमा अधिकारीसहित खोटाङका ३६ वर्षीय दावा, खोटाङकै जनक, रसुवा घर भएका २२ वर्षीय कञ्चन, नुवाकोटका २२ वर्षीय जुगल रिजाल, दोलखाका ३० वर्षीय वीरबहादुर सुनुवार, धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकाका ३४ वर्षीय महेश पाण्डे, ओखलढुंगाका ३२ वर्षीया गुढी राई र ४१ वर्षीय नविन राई पक्राउ परेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved