सेयर बजारमा ५१ अंकको गिरावट 

नेपालभ्युज

सेयर बजारमा ५१ अंकको गिरावट 

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ५१ दशमलव ११ अंकले घटेर २७०२ दशमलव ६५ को विन्दुमा पुगेको छ ।

मंगलबार ३१० कम्पनीका १ लाख ५ हजार ८ सय २७ पटकको कारोबारमा २ करोड २५ लाख ८८ हजार २ सय ४७ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १० अर्ब ४६ करोड ८३ लाख २० हजार रुपैयाँ रहेको छ ।

२० कम्पनीको सेयर मूल्य बढ्दा २२४ वटको घटेको छ भने एउटा कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये सबै राताम्मे हुँदा नगदी ग्रुप पावर लिमिटेडमा लगानीकर्ता झुम्मिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved