अस्ट्रेलियन ओपनको क्वाटरफाइनलमा नाडाल र सापोभालोभ भिड्ने

नेपालभ्युज

अस्ट्रेलियन ओपनको क्वाटरफाइनलमा नाडाल र सापोभालोभ भिड्ने

एजेन्सी ।  मेलवर्नमा जारी अस्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनल खेलमा राफाल नाडालले डेनिस सापोभालोभको सामना गर्ने भएका छन्। ३५ वर्षे नाडालले एड्रियन मान्नारिनोलाई ७–६, ६–२ र ६–२ को सोझो सेटमा हराएर क्वाटरफाइनलमा स्थान बनाएका हुन्।

यता, नाडालसँगको भेट पक्का गर्ने क्रममा सापाभालोभले तेस्रो वरियतामा अलेक्जेन्डर जेभरेभमाथि ६–३, ७–६ र ६–३ को जीत निकाले।

सन् २००९ का च्याम्पियन नाडालले मेलवर्नमा पाँचवट फाइनल खेलिसकेका छन्। उनी यसपटक किर्तिमानी रूपमा २१ औं ग्रान्ड स्लाम उपाधि जित्ने अभियानमा छन्। पूरुषतर्फ नाडाला, रोजर फेडेरर र नोभाक जोकोभिचका नाममा समान २०–२० वटा ग्रान्ड स्लाम जित्ने किर्तिमान छ। घुँडाको चोटका कारण फेडेररले यस संस्करण अस्ट्रेलियन ओपन खेलेनन्। त्यस्तै, खोप नलगाएकाले विश्व नम्बर एक नोभाक जोकोभिच प्रतियोगिताका लागि अयोग्य ठहर भए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved