पोर्चुगललाई बराबरीमा रोक्दै क्रोएसिया क्वार्टरफाइनलमा

नेपालभ्युज

पोर्चुगललाई बराबरीमा रोक्दै क्रोएसिया क्वार्टरफाइनलमा

काठमाडौं । पूर्वविजेता पोर्चुगललाई बराबरीमा रोक्दै साविक उपविजेता क्रोएसिया यूईएफए नेसन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

सोमबार राति घरेलु मैदानमा भएको खेलमा क्रोएसियाले पोर्चुगललाई १–१ गोलको बराबरीका रोकेको हो ।

खेलको ३३ औँ मिनेटमा नै जाओ फेलिक्सले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । तर क्रोएसिया दोस्रो हाफमा खेलमा फर्कियो ।

जोस्को ग्वार्डिओलले ६५ औँ मिनेटमा बराबरी गोल फर्काएका हुन् ।

लिग ‘ए’को समूह १ मा पोर्चुगल १४ अंकसहित समूह विजेता बन्दै यसअघि नै क्वार्टरफाइनलमा पुगिसकेको थियो । आठ अंक जोडेको क्रोएसिया उपविजेता बनेको छ ।

यस समूहबाट स्कटल्यान्डले रेलिगेसन प्ले अफ खेल्नेछ । पोल्यान्ड रेलिगेसनमा परेको छ ।

नेसन्स लिगमा साविक विजेता स्पेनको अपराजित यात्रा कायमै

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved