घरजग्गा किनबेच बढ्यो, राजस्व घट्यो

नेपालभ्युज

घरजग्गा किनबेच बढ्यो, राजस्व घट्यो
सांकेतिक तस्वीर

काठमाडौं । कात्तिकमा घरजग्गा किनबेच बढेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागकाअनुसार असोजमा ३१ हजार ४ सय १४ वटा कित्ताकाट हुँदा कात्तिकमा ३२ हजार १ सय ६० पटक कित्ताकाट भएको छ ।

किनबेच बढेपनि राजस्व  भने बढ्न सकेन । कित्ताकाट बढे पनि राजस्व भने असोजको तुलनामा कात्तिकमा १२.२४ प्रतिशतले घटेको छ । गत असोजमा ३ अर्ब ८१ करोड रूपैयाँ राजस्व उठाउँदा कात्तिकमा २ अर्ब ७० करोड रूपैयाँ मात्रै उठेको विभागले जनाएको छ ।

गत भदौ लागेयता जग्गा वर्गीकरण नगर्दा मुलुकभरका ६ सय २० पालिकामा कित्ताकाट ठप्प थियो  ।

भदौ २४ बसेको मन्त्रिपरिषद् बैठकले भू-उपयोग (दोस्रो संशोधन) नियमावली, ०८१ संशोधन गरी भू-उपयोग क्षेत्र वर्गीकरण नभएको स्थानीय तहमा ०८२ असार मसान्तसम्म चार किल्ला खुलाई कृषि क्षेत्र तोक्नुपर्ने व्यवस्था गरेको थियो ।

असोजमा कारोबार र कित्ताकाट बढे पनि राजस्व भने बढ्न सकेन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved