फोक्सोको क्यान्सर विश्वभर नै सबैभन्दा घातक रोगमध्ये एक मानिन्छ । धुमपानका कारण ८५ प्रतिशत फोक्सोको क्यान्सरका हुने गर्छ । क्यान्सरबाट हुने मृत्युको प्रमुख कारण फोक्सोको क्यान्सर हो । विशेषज्ञहरूका अनुसार धुमपान वा द्वितीय हात धुमपान (धुवाँको सम्पर्कमा आउने) दुवैमा फोक्सोको क्यान्सरको जोखिम हुन्छ । विश्वभरमा झण्डै २५ लाख मानिस फोक्सोको क्यान्सरबाट ग्रसित छन् । तीमध्ये ८० प्रतिशत चुरोट र सुर्ती सेवन गर्ने छन् भने २० प्रतिशत कहिल्यै सुतीजन्य पदार्थ सेवन नगर्नेहरू छन् ।
यस्ता हुन्छन् लक्षण
धुमपान गर्ने र नगर्नेहरूमा फोक्सोको क्यान्सरका लक्षण एकै जस्ता हुन्छन् । निरन्तर थकान महसुस हुने, बारम्बार खोकी लाग्ने, खोकीसँग रगत आउने, छातीमा दुखाइ, सास फेर्न कठिनाइ आदि फोक्सोको क्यान्सरका लक्षणहरू हुन् । प्रारम्भिक लक्षण सामान्य हुन सक्छन् वा तिनीहरू तुरुन्तै पत्ता नलाग्न सक्छन् । जसका कारण उपचार सुरु गर्न ढिलाइ हुने सम्भावना हुन्छ ।
यसबाट कसरी बच्ने ?
- यसबाट बच्नका लागि सर्वप्रथम धुमपान वा सुर्तीजन्य पदार्थको सेवन नगर्नुहोस् ।
- कसैले धुमपान गर्छ भने त्यसको धुवाबाट पनि टाढा बस्नुहोस् ।
- गाडीको धुवाँ र वायु प्रदूषणबाट टाढा रहने प्रयास गर्नुहोस् ।
- घर बाहिर जाँदा मास्कको प्रयोग गर्नुहोस् ।
- पारिवारिक क्यान्सर इतिहासको बारेमा चिकित्सकसँग परामर्श लिनुहोस् ।
क्यान्सरले फोक्सोलाई कसरी हानि गर्छ ?
फोक्सो मानव शरीरको श्वासप्रश्वास प्रणालीको अंग हो । यसले मानव शरीरमा फिल्टरको रूपमा काम गर्छ । जब हामी सास फेर्छौ, हावासँगै नाइट्रोजन, कार्बन डाइअक्साइड र अक्सिजनजस्ता केही ग्यास भित्र पस्छन् । फोक्सोले यी ग्यासबाट अक्सिजन फिल्टर गरेर शरीरमा पुर्याउँछ र बाँकीलाई बाहिर निकाल्छ । लामो समयसम्म धुमपान गर्दा वा यसको सम्पर्कमा रहँदा फोक्सोका कोषिका नष्ट हुन्छन् । यसपछि, कोषिकाको आत्म–निको पार्ने प्रणाली परिवर्तन हुन्छ । त्यसपछि कोषिकाले घातक कोशिका बनाउन थाल्छन् । यी कोषिकाले हाम्रो श्वासप्रश्वास प्रक्रियालाई असर गर्छ ।

क्यान्सरको कारण
क्यान्सरको सबैभन्दा ठूलो कारण सुर्ती र धुमपान हो । वास्तवमा, धुमपानको माध्यमबाट हजारौँ घातक रसायन मानव फोक्सोमा पुग्छन् । यीमध्ये धेरैले क्यान्सर निम्त्याउँछन् । यो बाहेक निष्क्रिय धुमपान पनि फोक्सोको क्यान्सरको कारण बन्ने गर्छ । उदाहरणका लागि, यदि तपाईं चुरोट वा बिँडी पिउने व्यक्तिको नजिकै उभिइरहनुभएको छ भने क्यान्सर हुने खतरा पनि बढ्छ । बीबीसीमा प्रकाशित लेखका अनुसार बेलायतमा क्यान्सर अनुसन्धान प्रमुख चार्ल्स स्वान्टनले पनि यो कुरालाई समर्थन गरेका छन् ।
धुमपान नगर्नेलाई कसरी हुन्छ फोक्सोको क्यान्सर ?

- ट्राफिक जाम, उद्योगधन्दाबाट निस्कने रासायनिक फोहोर, फोहोर जलाउने अवशेषले फोक्सोको कोषलाई क्षति पुर्याउँछ र क्यान्सरको जोखिम बढाउँछ ।
- रेडोन एक रेडियोधर्मी ग्यास हो, जुन कुनै पनि निर्माण स्थलमा पाइन्छ । वा, कुनै पनि माटोमा । यदि कुनै व्यक्ति लामो समयसम्म यस्तो क्षेत्रमा बस्छ भने उसलाई फोक्सोको क्यान्सर हुने खतरा बढ्छ ।
- तपाईंको काम गर्ने ठाउँ पनि फोक्सोको क्यान्सरको कारण हुन सक्छ । केही उद्योगमा काम गर्ने कर्मचारी यो क्यान्सरबाट पीडित हुन सक्छन् । जस्तै खानीकाे काम र रासायनिक उत्पादन गर्ने र धुमपान नगर्ने मानिस जो रेस्टुरेन्ट वा बारमा जान्छन् । यी सबैमा फोक्सोको क्यान्सर हुने उच्च जोखिममा छन् । यसबाहेक, वंशाणुगत पनि फोक्सोको क्यान्सरको कारण हुन सक्छ ।
कति छ यस क्यान्सरमा बाँच्ने सम्भावना ?
फोक्सो एउटा महत्त्वपूर्ण अंग हो । यी अंगले गम्भीर रूपमा क्षति नभएसम्म कुनै लक्षण देखाउँदैनन् । यहीकारण जबसम्म व्यक्तिमा लक्षण पत्ता लाग्छ, फोक्सोको क्यान्सर अन्तिम चरणमा पुगिसकेको हुन्छ । फोक्सोको क्यान्सर पत्ता लाग्दा त्यसमध्ये १५–२० प्रतिशत मात्रै उपचार गर्न सकिने खालका हुन्छन् । फोक्सोको क्यान्सरबाट बर्सेनि मृत्यु हुनेको संख्या ६६ हजारभन्दा धेरै छ, जुन सबै प्रकारका क्यान्सरका कारण हुने मृत्युको ७ दशमलव ८ प्रतिशत हो ।
Facebook Comment
Comment