नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले ४ स्थानमा गरायो उम्मेदवारी दर्ता

नेपालभ्युज

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले ४ स्थानमा गरायो उम्मेदवारी दर्ता

काठमाडौं ।  नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले स्थानीय तह उपनिर्वाचनमा ४ स्थानमा उम्मेदवारी दर्ता गराएको छ । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा नेसपा नयाँ शक्तिले ४ स्थानमा उम्मेदवारी दर्ता गराएको प्रवक्ता कृष्ण शर्माले जानकारी दिए।

नेसपा नयाँ शक्तिले काठमाडौं महानगरपालिका–१६ मा स्वतन्त्र उम्मेदवार देवेन्द्र कुमार श्रेष्ठलाई समर्थन गरेको छ। नेसपाले  कीर्तिपुर नगरपालिका प्रमुखमा  दिलकुमार महर्जनको उम्मेदवारी दर्ता गराएको छ ।

जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख पदमा पवित्रा जैसी , मोरङको ग्रामथान गाउँपालिका प्रमुखमा रामकुमार चौधरी थारु र गोरखा नगरपालिका- ५ को अध्यक्षमा  रूपेश मग्रातीलाई आधिकारीक उम्मेदवार बनाएको शर्माले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved